Skip to main content

पृष्ठभूमी

परिचय

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, एकिकृत स्वास्थ्य सूचना प्रणाली व्यवस्थापन केन्द्रले आधारभूत स्वास्थ्य सेवाहरूको अभिलेख राख्ने प्रणालीको प्रयोग गर्नका लागि प्रयोगकर्तालार्इ सहजिकरणका लागि यो मार्गदर्शन तयार पारेको हो । आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा विभिन्न स्वास्थ्य सूचनाहरूको संकलन गरिन्छ जुन मूलभुत रूपमा सेवाग्राहीहरूलार्इ विभिन्न किसिमका गुणस्तरिय स्वास्थ्य सेवाहरू प्रदान गर्नका लागि उपयुक्त निर्णय लिन, सेवाको अभिलेख राख्न र भविष्यमा आवश्कता अनुसार सेवाग्राहीलार्इ सेवा निरन्तरताको अनुगमन गर्न लागि प्रयोग गरिन्छ । यसका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रदान गर्ने सवै स्वास्थ्य संस्थाहरूलार्इ नियमित रूपमा मासिक प्रतिवेदन मार्फत तोकिएको प्रणाली (DHIS2 System) मा सेवा प्रवाह सम्वन्धी विवरणहरू विभिन्न किसिमका फारमहरूको ढाँचामा (विशेष गरी HMIS 9.3, 9.4) प्रतिवेदन गर्ने प्रणाली स्थापित गरेको छ । ती प्रतिवेदनहरू सेवा अभिलेख गरिएका सूचना तथा विवरणहरूका आधारमा तयार गर्ने गरिन्छ । त्यसैले यो अभिलेख राख्ने प्रणालीले स्वास्थ्य सेवा थप सुदृढ, गुणस्तरिय र व्यवस्थित गर्नुका साथै मासिक प्रतिवेदन प्रणालीमा समेत एकरूपता ल्यार्इ गुणस्तरिय तथ्याङक व्यवस्थापन प्रणाली विकास गर्न थप सहजिरकण गर्ने छ ।

DHIS2 प्रणाली के हो ?

DHIS2 को पुरा रूप District Health Information System 2 हो । District Health Information System (DHIS) को सुरूवात सन् १९९४ मा University of Western Cape (दक्षिण अफ्रिका) र University of Oslo (नर्वे) ले संयुक्त रूपमा दक्षिण अफ्रिकामा स्वास्थ्य सुचना प्रणाली स्थापना गर्नका लागि विकास गरिएका थिए जुन इन्टरनेट पहुँच कम भएका स्थानहरूलार्इ लक्षित गरी विकास गरिएको थियो । यसलार्इ संयुक्त रूपमा विकास र प्रदर्धन गर्न ती विश्वविद्यालयहरूमा Health Information System Programme (HISP) केन्द्रको स्थापना गरिएको थियो । सन् २००४ देखि University of Olso ले उक्त कार्यक्रमलार्इ व्यापक परिमार्जन गरि पुर्ण रूपमा इन्टरनेटमा आधारित प्रणालीका रूपमा विकास गरि DHIS2 नामाकरण गरेको थियो र यो प्रणाली प्रयोग गर्न चाहनेहरूलार्इ प्रयोग गर्न सहज बनाउनका लागि यसको सवै Code हरू खुल्ला गरियो । त्यसैले यसलार्इ खुल्ला सफ्टवेर (Open Source Software) भनिन्छ । खुल्ला Software हरू प्रयोग गर्न चाहने देश वा संघ संस्थाले आफ्नो Server लगाएत अन्य साधन श्रोतको व्यवस्था गरी ती Software हरू निशुल्क रूपमा Install गर्न सक्छन् र आफ्नो आवश्यकता अनुसार परिमार्जन गरि प्रयोग गर्न सक्छन् र यसको सूचना वा तथ्याङक Software प्रयोग गर्ने संस्थाकै अधिनमा रहन्छ ।

नेपाल सरकारले पनि सन् २०१६ मा एकिकृत स्वास्थ्य व्यवस्थापन प्रणालीलार्इ Digital बनाउनका लागि DHIS2 लार्इ नेपालको आवश्यकता अनुसार परिमार्जन गरि अवलम्वन गरेको थियो । यसको संचालन र व्यवस्थापन समेत स्वास्थ्य व्यवस्थापन सूचना केन्द्र मार्फत हुने गर्दछ र त्यसमा भण्डार हुने सूचनाको पहुँच केन्द्र र केन्द्रले अधिकार दिएका संस्था वा व्यक्तिसंग मात्र रहने गर्दछ र यसमा University of Oslo को कुनै पनि नियन्त्रण वा पहूँच हुँदैन । हाल ६० भन्दा वढि देशहरूमा स्वास्थ्य सूचना प्रणाली व्यवस्थित गर्नका लागि DHIS2 को प्रयोग भर्इरहेको छ ।

सुरूवाती वर्षहरूमा एकिकृत सूचनाहरूको संकलन, प्रशोधन, विश्लेषण र प्रस्तुतीकरणका लागि DHIS2 को प्रयोग भएको भएता पनि विगत १ दशक भन्दा लामो समय देखि व्यक्तिगत सूचनाहरूको संकलन, प्रशोधन र विश्लेषण गर्नका लागि समेत DHIS2 को प्रयोग गर्न थालिएको छ । DHIS2 प्रणालिमा विभिन्न किसिमका App हरू कुनै पनि संस्थाले निशुल्क रूपमा डाउनलोड गर्न, आवश्यकता अनुसार परिमार्जन गर्न र प्रयोग गर्नका लागि राखिएको हुन्छ । जस्तै नेपाल सरकारले मासिक तथ्याङक प्रविष्टीका लागि Data Entry App मा परिमार्जन गरि प्रयोगमा ल्यार्इ रहेको छ । त्यसै गरी प्रतिवेदनहरू हेर्नका लागि Data set report App, ग्राफ चार्ट लगाएतका प्रस्तुतीकरण चित्रहरू बनाउनका लागि Data visualization APP, Dashboard App लगाएतका App हरू परिमार्जन गरि प्रयोगमा ल्यार्इएको छ । ती App हरू जस्तै DHIS2 ले सेवा प्रवाहका क्रममा अभिलेख राख्ने प्रयोजनका लागि Tracker, Tracker Capture वा Capture App निशुल्क उपलव्ध गराएको हुन्छ । ती App हरू सेवा प्रदायकले निशुल्क रूपमा Download गरी आवश्यकता अनुसार परिमार्जन गरी प्रयोग गर्न सकिन्छ । एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन केन्द्रले पनि Capture App लार्इ नेपालको आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दा लिर्इने विवरणहरू अभिलेख गर्न मिल्ने गरि र सेवा प्रदानका क्रममा अवलम्वन गरिने कार्य प्रणाली लार्इ दृष्टिगत गरी आवश्यकता अनुसार Capture App लार्इ परिमार्जन गरी यो आधारभूत स्वास्थ्य सेवाको अभिलेख राख्ने प्रणालीको रूपमा विकास गरेको छ ।

Capture App के हो ?

कार्यगत रूपमा आधारभूत स्वास्थ्य सेवामा विशेष गरी २ किशिमका सेवाहरू छन्, पहिलो निरन्तरता आवश्यक हुने सेवाहरू जस्तै खोप सेवा, गर्भवती जाँच सेवा, पोषण सेवा, परिवार नियोजन सेवा, क्षयरोगको उपचार आदी जसमा सेवाग्राहीहरू स्वास्थ्य सेवा लिनका लागि एक भन्दा वढि पटक स्वास्थ्य संस्था सम्म आउनु पर्ने हुन्छ भने केही सेवाहरू एक पटकमा पुरा हुने सेवाहरू हून्छन् र अलोअप सेवा आवश्यक नहुन पनि सक्छ । Capture App विशेष गरि निरन्तर रूपमा आवश्यक हुने सेवाका लागि विकास गरिएको हो तर एक पटक मात्र चाहिने सेवा पनि यसमा अभिलेख राख्न सकिन्छ । यसमा सेवाग्राहीलार्इ दर्ता गर्ने, आवश्यकता अनुसारको सेवाहरू अभिलेख राख्ने, अफलोप सेवाका लागि Scheduling गर्ने, समयमा सेवा लिन नआउने सेवाग्राहीको विवरण हेर्ने, रेफर गर्ने, Transfer गर्ने लगाएतका विभिन्न सुविधाहरू उपलव्ध हुन्छन् ।

शव्दावली र तिनको अर्थ

Enrollment : कुनै पनि सेवाग्राहीलार्इ आधारभूत स्वास्थ्य सेवामा जीवनकालमा एक पटक मात्र दर्ता गरिन्छ जसलार्इ Enrollment भनिन्छ । हाल प्रयोगमा रहेको रजिष्टरमा आर्थिक वर्षमा एक मूल दर्ता गरी दर्ता नं. नम्वर प्रदान गरिने गरेको भएता पनि यो प्रणालीमा कुनै पनि सेवाग्राहीलार्इ जीवन कालमा एक पटक मात्र स्वास्थ्य सेवा प्रणालीमा दर्ता गरिन्छ जसलार्इ Enrollment भनिन्छ ।

Program: सेवाको प्रकृती अनुसार स्वास्थ्य सेवालार्इ DHIS2 मा program भनिन्छ । यस प्रणालीमा आधारभूत स्वास्थ्य सेवा अन्तरगत जुन जुन सेवाहरू दिर्इन्छ सवै सेवालार्इ एउटै Program मा राखिएको छ र यसको नाम Basic health service दिइएको छ । यस प्रणालीमा अन्य सूचना व्यवस्थापनका लागि महिला स्वास्थ्य स्वयंसेविका, खोप तथा गाउँघर क्लिनिक, अभियानहरू जस्ता Program बनार्इएको छ जसमा सेवाग्राही तहको वाहेक अन्य सूचनाहरू जस्तै स्वयंसेविकाले दिने प्रतिवेदन, गाउँघर क्लिनिक र खोप क्लिनिकको लक्ष्य, चले नचलेको विवरण आदि जस्ता सूचनाहरूको अभिलेख राख्नका लागि प्रयोग गरिन्छ ।

Enrollment Variables : पहिलो पटक सेवाग्राहीलार्इ स्वास्थ्य सेवाका लागि दर्ता गर्दा अभिलेख राखिने विवरणहरू, जुन प्राय परिवर्तन नहुने खालका हुन्छन्, लार्इ Enrollment Variables भनिन्छ, जस्तै नाम, थर, लिंग, जन्म मिति, ठेगाना, सम्पर्क नं. आदी । यी विवरणहरू जति पटक सेवा लिन आए पनि उस्तै हुन्छन् तर सेवाग्राहीका ती विवरण परिवर्तन भएमा पुन Enrollment नगरी पुरानै अभिलेखमा सच्याउनु पर्ने हुन्छ ।

Tracked Entity : Capture App मा कुनै व्यक्ति वा वस्तुलार्इ निरन्तर सेवा प्रदान गर्नका लागि कार्यक्रम बनार्इन्छ भने त्यसको व्यक्ति वा वस्तुलार्इ Tracked Entity भनिन्छ । जस्तै Basic Health Service कार्यक्रमका लागि सेवाग्राही Tracked Entity हो भने गाउँघर तथा खोप क्लिनिक कार्यक्रमका लागि खोप तथा गाउँघर क्लिनिकका केन्द्रहरू Tracked Entity हुन् । त्यसै गरि महिला स्वास्थ्य स्वयंसेविका Program का लागि FCHV हरू Tracked Entity हुन् । सेवाका लागि दर्ता गरिएका Tracked Entity लार्इ Tracked Entity Instance भनिन्छ ।

Tracked Entity Attributes : Tracked Entity पहिलो पटक दर्ता गर्ने क्रममा (Enrollment को क्रममा) लिइने विवरणहरू जस्तै नाम, थर, लिंग, जन्म मिति, ठेगाना आदि लार्इ Tracked Entity Attributes भनिन्छ । Program Stage : स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा प्राय एकै प्रकृतीका सेवाहरूलार्इ व्यवस्थित गर्न Program भित्र Program Stage हरू बनार्इएको हुन्छ । जस्तै खोप सेवा, वृद्दि अनुगमन तथा पोषण सेवा, गर्भवती जाँच, प्रसुती सेवा आदी । Basic Health Service Program भित्र सेवाको प्रकृती अनुसार विभिन्न किसिमका Program Stage हरू देख्न सकिन्छ ।

Organizational Unit: सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी रहेको संस्थालार्इ Organizational Unit भनिन्छ । सेवाग्राहीको व्यक्तिगत विवरणहरू अत्यन्तै सम्वेदनशिल हुने र गोपनियता कायम राख्नु पर्ने भएको हुनाले सेवाग्राहीले कुनै एक Organizational Unit मा दिएको विवरण अन्य Organization Unit मा सेवाग्राहीको अनुमति विना Share गर्न पार्इदैन । त्यसैले एक Organizational Unit भित्रका प्रयोगकर्ताहरूले सेवाग्राहीको विवरण हेर्न वा सच्याउन पाउने हुन्छ तर सो वाहेक अन्य संस्थाका स्वास्थ्यकर्मीहरूले सो विवरण हेर्न पाउँदैनन् ।

Event: कुनै पनि सेवाग्राहीले एक दिन वा पटकमा लिने सेवालार्इ Event भनिन्छ । जस्तै बाल खोप Program Stage मा BCG लिन कुनै शिशुलार्इ ल्याइएको छ भने त्यो एक Envet मानिन्छ । त्यसै गरि गर्भवती जाँच, प्रसुती सेवा जस्ता Events हरू हुन जहाँ सेवाग्राहीले एक पटकमा एक सेवा लिन्छ । Program Stage मा यदि सोही सेवाको लागि सेवाग्राही पटक पटक आउन सक्छ भने त्यसलार्इ Repeated Event मा राखिन्छ भने एक पटक मात्र दिर्इने सेवालार्इ Single Event भनिन्छ । जस्तै खोप सेवा लिन सेवाग्राही पटक पटक आउने हुँदा बाल खोप Program Stage मा Repeated Events हुन्छ भने क्षयरोगको सुरूको निदान एक पटक मात्र गरिने हुँदा त्यो Single event हुन सक्छ ।

📄 Complete Manual

📄 Open PDF in new tab